Malla Family

गोत्र


मान र मानव गोत्र भनेका प्राचिन गोत्र हरु हुन्, लिच्चवी काल देखी कै । अहिले पनि कतिपय राजपुता वंशा जस्तै जयपुर कै राजघराना कश्वाहा वंशले आफ्नो गोत्र मान भन्छ । महाराष्ट्र र मध्य प्रदेश तिर का राजपुत जस्तै सिन्डियाहरुले आफ्नो गोत्र मानव भन्छन। मानव गोत्र प्राचिन चालुक्य वंश को गोत्र हो। त्यही चालुक्यको सेनापती नान्यदेवले मिथिला मा आफ्नो राज्य सुरुवात गरी तिनै का वंशज नान्यदेव नेपाल मण्डल छिरी मल्ल र उनिहरुका वंशजले अहिले पनि आफ्नो गोत्र मानव भनेर खुलाउँछन अहिले सम्म पनि। त्यसैले अहिले को नेवा समुदाय सँग को गोत्र परम्परा र गोत्र नियमलाई मान्ने हजारौँ वर्ष को इतिहास लाई २/४ जना भडुवाहरुले केहि भन्दै मा इतिहास फेरिँदैन ।

अर्को कुरा मानव वा मान खसहरु संग नमिले नि अरु थुप्रै गोत्र नेवा को खसहरु सँग मिल्छ, जस्तै प्राय प्रधान, अमात्य र राजभण्डारीको काश्यप गोत्र, श्रेष्ठहरु को काश्यप, शांडिल्य, मान गोत्र आदी, जोशीहरु को भारद्वाज गोत्र, वैद्य र कर्माचार्य को उपमन्यु गोत्र, मास्केहरु को माण्डव्य गोत्र, राजोपाध्यायहरु को कौशिक, भारद्वाज, वा गार्ग गोत्र, आदी। कि त भन्नु पर्‍यो यि कूलहरु नेवा नै होईनन। कि बुझ्नु पर्‍यो कि नेवा हरु मा पनि गोत्र प्रणाली को प्रयोग हुन्छ। हुँदा हुँदा त बौध नेवाहरु को पनि गोत्र हुन्छ, जस्तै असन को तुलाधार को भारद्वाज्, प्राय शाक्य को गौतम, आदी । उनिहरुमा भने यसको प्रयोग वा महत्व कम हुन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *